काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले कोरोनाबाट जोगाउन घरघरमा मास्क वितरण अभियान सुरु गरेका छन्। उनी आफैँ घरघर पुगेर जनतालाई कोरोनाबारे जानकारी दिनुको साथै मास्क वितरणमा सक्रिय भएका हुन्।
जोशीले सोमबारदेखि कोरोना सचेतना अभियान सञ्चालन गरेका हुन्। उनले आवश्यक स्वास्थ्य सामग्री पनि वितरण गरेका छन्।
‘मतदाताका घरदैलोमा चुनावमा मात्र हैन जनतालाई आपत विपत् पर्दा पनि हामी राजनीतिज्ञहरु उपस्थित हुनुपर्छ,’ उनले भने, ‘बढ्दो कोभिड १९ को संक्रमणबाट वच्न जनचेतना फैलाउदै , घरदैलो अभियान मार्फत् मेरो नेतृत्वमा काठमाडौं क्षेत्र नं ८ का घरघरमा गएर माक्स लगाउन प्रोत्साहन गर्दै आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्ने अभियान आज शुभारम्भ भएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।