आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस

बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 5.0K
    SHARES

  • बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस

    काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको हो । 

    कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो । क्यान कार्यालयका सचिव उदय प्रकाश शाहले आज सूचना जारी गर्दै बन्द प्रशिक्षण शुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने जानकारी दिए। क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ । 

    प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् । 

    प्रशिक्षकमा जगत टमाटा रहनुभएको छ । वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किनुभएको छ । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २५ २०८००४:४२:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend