काठमाडौं– इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ ।
गुडिसन पार्कमा आइतबार भएको मर्सिसाइड ‘डवी’ भिडन्तमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ ।
लिभरपुललाई च्याम्पियन बन्न ६ अंकको आवश्यकता छ । लिभरपुलले अझै च्याम्पियन बन्नको लागि दुई जित निकाल्नुपर्ने भएको छ । एभटर्नमाथि जित निकाल्न सकेको भए लिभरपुलले बाँकी एक खेलमा जित पारे च्याम्पियन बन्ने थियो । लिभरपुल ३० र्वापछि प्रिमियर लिग च्याम्पियन बन्ने संघारमा छ ।
खेलको चौथो मिनेटमा नै ब्राजिली मिडफिल्डर रिचार्लीसनले गोलको सुन्दर अवसर गुमाउदा एभर्टन अग्रता लिनबाच चुकेको थियो । ३०औं मिनेटमा एलेक्सान्डर अर्नोल्डको क्रसमा जोए मटिपको पावरफुल हेडर पोस्टबाट थोरै बाहिरिदा लिभरपुलले खेलमा अग्रता लिने अवसर गुमायो । ३४ औं मिनेटमा लिभरपुलका मिनामिनोको प्रहारले पोस्टको गति लिन सकेन ।
४१औं मिनेटमा एलेक्सान्डर अर्नोल्डको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा पनि लिभरपुलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न सकेन । ५१औं मिनेटमा नेवी केइटार रोवर्टो फिर्मिन्होको वान टु वान पासमा फिर्मिन्होको प्रहार बाहिरियो ।
६१औं मिनेटमा एभर्टनका डोमिनिक काल्भर्ट लेविनको पासमा रिचार्लीसनको प्रहारलाई लिभरपुलका रक्षक भर्जिन भान डाइकले क्लियर गर्दै संकट टारे ।
८० औं मिनेटमा रिचार्लीसनको प्रहार पोस्टमा लागेर फर्कदा एमर्टन पुन अग्रता लिनबाट चुक्यो । ८२औं मिनेटमा रिचार्लीसनको अर्को प्रहारलाई लिभरपुलका ब्राजिली गोलरक्षक एलिसन बेकरले विफल पारे ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर अर्नोल्डको फ्रिकिकमा फाविन्होको प्रहार गोलरक्षक विट भएपनि पोस्टबाट थोरै बाहिरिदा लिभरपुल अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बरारीमा टुंगियो ।
बराबरीसँगै लिभरपुलको ३० खेलबाट ८३ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २३ अंक बढी हो । सिटीको २९ खेलबाट ६० अंक छ । एभर्टन ३८ अंक जोडेर १२औं स्थानमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।