काठमाडौं- बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपाल २ ० गोलले पराजित भएको छ ।
पहिलो हाफको १० मिनेटमा गोल गर्दै अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा खेलको ८० औं मिनेटमा अर्काे गोल गरेको थियो ।
बंगबन्धु अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीविरुद्ध सुरुदेखि नै दबाबमा रहेको थियो। कमजोर खेल प्रस्तुत गरेको नेपालको फिनिसिङ लाइन र डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बंगलादेश गोल गर्न सफल भयो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।