बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

राजदूत सिफारिसमा युवराज खतिवडाविरुद्ध उजुरी हाल्ने कहाँ भागे ?

राजदूत सिफारिसमा युवराज खतिवडाविरुद्ध उजुरी हाल्ने कहाँ भागे ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 5.4K
    SHARES

  • राजदूत सिफारिसमा युवराज खतिवडाविरुद्ध उजुरी हाल्ने कहाँ भागे ?

    काठमाडौं । विभिन्‍न देशका लागि प्रस्तावित तीनजना राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने भएको छ। प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाइ तोकिएको हो । अमेरिकाका लागि युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकामा सुनुवाइ हुन बाँकी छ ।

    प्रस्तावित राजदूतहरुविरुद्ध समितिमा चारवटा उजुरी परेका छन् । तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाइ रोकिएको हो । यसअघि कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । संसदीय सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाइको मिति तोकेका हुन् ।

    गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७१०:४३:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend