मंगलवार, कार्तिक ११ २०७७Oct 27 2020

Logo
images
images

सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली :  हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली :  हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

  • मिडिया डबली
  • आइतवार, कार्तिक २ २०७७

  • 387
    SHARES

  • सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली :  हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

    काठमाडौं - चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति लिएको भए पनि पछिल्लो समय नयाँ शैली अपनाएको छ । 

    तर, पछिल्लो समय हुम्लामा बस्ती बसाइसकेपछि चीनले उक्त भूभागको चीनको भएको दाबी गरेको छ । यसअघि हुम्ला लुलुङजोङ क्षेत्रमा विभिन्‍न ११ वटा संरचनाहरु बनाएको छ । उक्त भवनमा चिनियाँहरु बस्‍ने गरेका छन् । त्यहाँ थप संरचनाहरु निर्माणको काम भइरहेको छ । अहिले चीनले उक्त भूमि आफ्नो भन्दै दाबी गरेको छ । 

    images
    images

    चीनले तिब्बत स्वायत्त क्षेत्रको अलिस्थित बुरङ काउन्टीमा उक्त संरचनाहरु बनाएको चिनियाँ अधिकारीहरुले दाबी गरेको समाचार ग्लोबल टाइम्समा छ । यसअघि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी उक्त भवनहरु चिनियाँ भूभागमै रहेको र नेपालले फेरि निरीक्षण गर्नसक्ने बताएको थियो ।

    उक्त संरचना निर्माण थाल्नुअघि नै गत मेमा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निशत गरेपछि मात्रै संरचना बनाइएको चीनको दाबी छ ।

    नेपाल सरकारले पनि उक्त संरचनाहरु चिनियाँ भूमिमा नै भएको बताइरहे पनि सीमा अनुगमनमा भएको नेपाली कांग्रेसको टोलीले भने उक्त संरचनाहरु बनाइएको नेपालको सीमा क्षेत्रबाट दुई किलोमिटर नेपालतर्फ पर्ने दाबी गरेको छ । 

    तर चीन सरकारले नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको हो । चीनले उक्त संरचनाहरु सीमा क्षेत्रबाट एक किलोमिटर भित्र चिनियाँ भूभागमा बनाएको बताएको हो ।

    ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ । साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप पनि ग्लोबल टाइम्सले जनाएको छ ।

    नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो र सन् १९६३ जनवरीमा दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर भएको थियो । ती संरचना निर्माण गरिएको सम्बन्धमा विवाद उत्पन्‍न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई प्रमाणीकरण गर्न आग्रह गरेको थियो । 

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०४:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology