काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना भाइरस तीव्र रुपले फैलिरहेको छ । यतिबेला कुनै पनि जिल्लामा निषेधाज्ञा छैन ।
अझ मंगलबारदेखि सबै सवारीसाधनमा पूरै यात्रु राख्न सरकारले छुट दिएको छ। नेपालीहरुको मुख्य चाडवाड नजिकिँदै छ । कतै पनि सतर्कता अपनाइएको छैन ।
अझ प्रमुख दलका नेताहरुबीच पार्टी प्रवेश कार्यक्रमले तीव्रता पाइरहेको छ । नेकपा, नेपाली कांग्रेस, राप्रपा, जसपालगायतका दल विभिन्न दलका कार्यकर्ता आफ्नोमा प्रवेश गराउन तल्लीन छन् ।
जसले भाइरस संक्रमण फ्रलाउन मद्दत गरिरहेको छ । यसैक्रममा जनता समाजवादी पार्टीले तराई मधेसमा पार्टी प्रवेश गराउने अभियान सुरु गरेको छ ।
सोमबार पर्सा सखुवा पर्सौनी गापा १ औराहाको महुमत र ठोरी गापा सुवर्णपुरमा भएका छुट्टाछुट्टै कार्यक्रममा जसपा नेता बाबुराम भट्टराईले हजारौको भिड जम्मा गरेर विभिन्न दलका कार्यकर्ता प्रवेश गराए ।
उता जसपा अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी, सिरहालगायतका जिल्लामा पुगेका छन् । उनले पनि पार्टी प्रवेशलाई अघि बढाएका छन् । सरकारले २५ जनाभन्दा बढीलाई एक ठाउँमा जम्मा हुन रोक लगाएको छ ।
तर, बाबुराम र उपेन्द्रले हजारौंको भिड जम्मा गरेर सरकारको निर्णयलाई चुनौती मात्र दिएका छैनन्, संक्रमण फैलाउन भूमिका पनि खेलेका छन् ।
पर्सा जिल्ला सखुवा पर्सौनी गापा-१ औराहा,वडा-५ महुमत र ठोरी गापा सुवर्णपुरमा भएका छुट्टाछुट्टै कार्यक्रममा १५०० बढी नेता/कार्यकर्ता नेका,नेकपा लगायतका पार्टी परित्याग गरी जसपामा प्रवेशसंगै जसपाप्रति आकर्षणको व्यापक लहर! pic.twitter.com/gzZIovEDDH
— Baburam Bhattarai (@brb1954) October 12, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।