काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेक डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ।
शान्त प्रदर्शनमा सत्याग्रहीलाई मार्न खोज्ने सत्ता धेरैदिन टिक्दैन भन्दै केपी शर्मा ओली नेतृत्वको सत्तालाई चेतवानी दिइएको छ ।
डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा समेत सरकारले कुनै कदम चालिरहेको छैन् । बिहीबारदेखिको डा. केसी र सरकारी पक्षबीच वार्ता पनि सफल हुन सकेको छैन।

वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरूको भनाइ छ।
सरकारले डा. केसीका जायज माग पुरा गर्न नखोज्दा देशभर विरोध प्रदर्शन हुँदै आएको छ । त्रिभुवन शिक्षण अस्पतालमा समेत चिकित्सकहरुले प्रदर्शन गर्दै आएका छन् ।
तर पनि सरकार सकारात्मक देखिएको छैन् । यसबीच आज माइतिघरमण्डलामा प्रदर्शन भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।