काठमाडौं- नेपाली कांग्रेसले डा. गोविन्द केसीका जायज मागलाई तत्काल सम्बोधन गर्न सरकालाई आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बुधबा विज्ञप्ती जारी गर्दै तत्काल माग सम्बाेधन गर्न आग्रह गरेका हुन् ।
सत्याग्रहको २४ औं दिनमा रहँदा समेत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्थाका विषयमा सरकारले बेवास्ता गरेको छ । कांग्रेसले सरकारको नेतृत्व गर्दा पुरा गरिएका डा. केसीका माग ओली सरकारमा आएपछि उल्ट्याएकोमा विज्ञप्तीमार्फत गम्भीर ध्यानाकर्षण गराइएको छ ।
‘नेपाली कांग्रेसको पालामा डा. केसी अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए। चाहे श्री सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या श्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवादमार्फत उहाँका माग पूरा गरिए’, विज्ञप्तिमा भनिएको छ’, ‘तर, यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन। सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेका छन्।’
प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तीमा डा. केसीसँग वार्ता नगर्ने बालहठ स्वयम् प्रधानमनत्रीलाई पनि महँगो पर्ने बताएका छन्।
‘डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू। हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ’, विज्ञप्तिमा भनिएको छ।
गम्भीर स्वास्थ्य अवस्थामा रहेका डा. गोविन्द केसीका माग सम्बोधन गर्न सकारले कुनै पहल चालेको छैन् । उनको अवस्था झन गम्धीर बन्दै गएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।