काठमाडौं- सरकार र आमरण अनसनरत डा. गोविन्द केसी दुवै पक्षको वार्ता टोलीबीच सहमति भएको छ । दुवै टोलीबीच औपचारिक रुपमा सहमति भएपछि आज नै अनसन तोड्ने तयारी रहेको स्रोतले जनाएको छ ।
बिहीबार को छलफलमा डा. केसीको ६ बुँदे मागको चौथो बुँदामा सहमति हुन सकेको थिएन । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमति हुन पुगेको हो ।
स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।
शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली सहमति नजिक पुगेसँगै डा. केसी आज नै अनसन ताड्न सक्ने देखिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।