शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

सरकार र डा. केसी दुवै पक्षका टोली आन्तरिक छलफलमा

सरकार र डा. केसी दुवै पक्षका टोली आन्तरिक छलफलमा

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 5.6K
    SHARES

  • सरकार र डा. केसी दुवै पक्षका टोली आन्तरिक छलफलमा

    काठमाडौं- सरकार र आमरण अनसनरत डा. गोविन्द केसीका वार्ता टोलीका प्रतिनिधिहरु आन्तरिक छलफलमा जुटेका छन्।बिहीबार भएको वार्तापछि दुवै टोलीहरुले छुट्टाछुट्टै छलफल सुरु गरेका हुन्।

    बिहान साढे १० बजेबाट शिक्षा मन्त्रालयमा शुरु भएको वार्ता दिउँसो २ घण्टा रोकिएर पुनः सुरु भएको थियो। वार्ताका क्रममा उठेका विषयमा दुवै टोली आन्तरिक छलफल गर्नुपर्ने भन्दै राति साढे ८ बजे केही समयमा लागि रोकिएको छ ।

    शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा रहेक वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सह सचिव गुणराज लोहनी र चिकित्सा सेवा आयोगका सदस्य दिलिप शर्मा रहेका छन्।

    डा केसीको तर्फबाट डा. जीवन क्षत्री संयोजक रहेका छन्। सदस्यमा स्वास्थ्य अनुसन्धान परिषदमा अध्यक्ष अञ्जनीकुमार झा, चिकित्सक संघका अध्यक्ष लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०८:०७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend