शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

डा. केसीको जीवनरक्षाका निम्ती कांग्रेसले उठायो गम्भीर कदम, देशमा तनाब हुने संकेत

डा. केसीको जीवनरक्षाका निम्ती कांग्रेसले उठायो गम्भीर कदम, देशमा तनाब हुने संकेत

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 6.3K
    SHARES

  • डा. केसीको जीवनरक्षाका निम्ती कांग्रेसले उठायो गम्भीर कदम, देशमा तनाब हुने संकेत

    काठमाडौं- स्वास्थ्य शिक्षाको क्षेत्रमा सकारात्मक परिर्वतनको जायज माग राख्दै १९ औं अनसनको २५ औं दिनमा रहेको डा. गोविन्द केसीको जिवन रक्षाका निम्ती नेपाली कांग्रेसले प्रदर्शन सुरु गरेको छ ।

    डा. केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको हो । 

    केसी अनशन बसेको २५ दिनसम्म सरकार गम्भीर नहुँदा माहामारीका बेला कांग्रेस सडकमा आउँन बाध्य भएको कांग्रेसले बताएको छ ।

    कांग्रेस युवा नेता कुन्दनराज काफ्लेको नेतृत्वमा आज प्रदर्शन भएको हो । प्रदर्शनपछिको कोण सभामा काफ्लेले केसीका माग अबिलम्ब पूरा गरेर उनको जीवन रक्षा गर्न माग गरे ।

    केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग दुई तिहाईको कम्युनिष्ट सरकारले सुन्न नै नचाहनु आश्चर्यजनक रहेको युवा नेता काफ्लेले बताए ।

    अनशनका क्रममा केसीलाई केही भएहाले त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महंगो पर्ने चेतावनी समेत काफ्लेले दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०८:०७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend