शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
आजको विशेष

‘ओली सत्ता डा.गोविन्द केसीको मृत्यु कुर्दै’

‘ओली सत्ता डा.गोविन्द केसीको मृत्यु कुर्दै’

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 7.4K
    SHARES

  • ‘ओली सत्ता डा.गोविन्द केसीको मृत्यु कुर्दै’

    काठमाडौं - डा.गोविन्द केसी आमरण अनसन बसेको आज २३ दिन भयो । जुम्लाबाट सुरु गरेको १९औं सत्याग्रहको तीन साता बितिसक्दा पनि सरकारले औपचारिक रूपमा वार्ताको कुनै पहल गरेको छैन ।

    एकपटक परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केसीका विषयमा औपचारिक धारणा व्यक्त गरेयता सरकार मौन छ । केसीको माग र अनसनप्रति केपी ओली सत्ताले बेवास्ता गर्दै आएको छ ।

    यस आधारमा वर्तमान सरकार पूरै दूराग्रही छ भन्दा अतिशयोक्ति नहोला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, साझा पार्टी, नागरिक समाज, नेपाल चिकित्सक संघ, मिडियालगायतले बारम्बार केसीको माग सम्बोधन गर्न र उनको ज्यान बचाउन अपिल गर्दा पनि प्रधानमन्त्री केपी ओलीले सुन्नै चाहेका छैनन् ।

    यस आधारमा वर्तमान सरकार सत्याग्रही केसीको मृत्यु कुरेर बसेको टीकाटिप्पणी सुरु हुन थालेको छ । साझा पार्टीले त सोमबार औपचारिक रूपमै विज्ञप्ति जारी गरेर सरकारले केसीको ज्यानै लिन खोजेको हो ? भनेर प्रश्नसमेत सोधेको थियो ।

    ओली प्रधानमन्त्री भएका बेला केसीले ६ पटकसम्म विभिन्न माग राखेर अनसन बसेको उनलाई मन परेको छैन । त्यसैले पनि ओलीले केसीको अनसनलाई पूरै बेवास्ता गरेका हुन् ।

    प्रधानमन्त्री भनेको सरकार प्रमुख हो । हरेक जनताको प्रश्न र चाहनाबारे प्रधानमन्त्रीले दायित्वबोध गर्नुपर्ने हो । तर, अहिलेका प्रधानमन्त्री ओली आफ्ना कार्यकर्ता र आसेपासेबाहेक कसैको कुरा सुन्न छाडेका छन् ।

    माग पूरा गर्नु त परै जाओस् । यसअघि सत्याग्रही नन्दप्रसाद अधिकारी अनसन बसेकै बेला निधन भएका थिए । अहिलेसम्म उनकोे दाहसंस्कार भएको छैन ।  

    केसीलाई पनि सोही हालतमा पुरयाइदिने कम्युनिस्ट सरकारको मनस्थिति रहेको जनताले अनुमान गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend