काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ ।
नेपाली समयअनुसार साँझ ७ ४५ दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज दिल्लीकातर्फबाट नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने सम्भावना रहेको छ ।
टिममा नियमित सदस्यका रुपमा रहेका अमित मिश्रा कोलकाताविरुद्धको खेलमा घाइते भएका कारण खेल्ने नखेल्ने निश्चित छैन । त्यसैकारण दिल्लीले आजको खेलमा सन्दीपलाई स्थान दिन सक्ने इन्डियन मिडियाहरुले आँकलन गरेका छन् ।
आजसम्म दुवै टोलीले लिगमा चार खेल खेलिसक्दा तीन खेलमा जित निकालेका छन् भने एक खेलमा पराजित भएका छन् ।
दिल्ली चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको बैंगलोर नेट रनरेटका आधारमा अंक तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जित्ने पहिलो स्थानमा जाने छ । त्यसैले खेल निकै प्रतिस्पर्धात्मक हुने भएको छ ।
लिगमा चार खेल खेलिसकेको दिल्लीले सन्दीपलाई हालसम्म स्थान दिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।