विश्वकै लोकप्रिय घरेलु क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग(आईपिएल) को १३ औं सिजन दुबईमा हुँदैछ।
भारतमा कोरोना भाइरसको उच्च जोखिमका कारण दुबईमा हुनलागेको प्रतियोगिताको लाइभ टेलिकास्ट पाकिस्तानबाहेक १२० देशमा हुने जनाइएको छ।
स्टार इन्डियाले प्रसारण अधिकार पाएको लिष् हिन्दी, अंग्रेजी, तमिल, तेलेगु, कन्नड, बंगाली, मलयाम र मराठीमा पनि भाषामा प्रसारण हुनेछ।
हुने १९ सेप्टेम्बरबाट सुरु हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स बिच पहिलो खेल हुने छ। प्रतियोगिता अघि बायो(सिक्योरका आधारमा मुम्बईका कप्तान रोहित शर्मासहित सबै खेलाडीको कोरोना टेस्टका लागि स्याम्पल लिइएको छ।
खलाडी तथा सपोर्ट स्टाफमा कोरोना टेस्ट हरेक पाँच दिनमा एकपटक गरिने छ। प्रतियोगिताका क्रममा २० हजार टेस्ट हुने जनाइएको छ। कोरोना टेस्टका लागि मात्रै बिसिसिआईले १० करोड भारतीय रुपैयाँ छुट्याएको छ। बुधबारसम्म ३५ सय टेस्ट भइसकेको जनाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।