बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्शन

पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्शन

  • एजेन्सी
  • आइतवार, आश्विन १८ २०७७

  • 5.0K
    SHARES

  • पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्शन

    काठमाडौँ - टोक्यो र पेरिसमा चीनविरुद्ध विशाल  प्रदर्शन भएको छ। चीनले गरेको दमन र मानवअधिकार उल्लंघनको बिरूद्ध तिब्बत, उइघुर, मंगोलिया, हङकङ र ताइवानका करिब ३ हजार मानिसहरूले अक्टूबर ३ का दिन जापानको राजधानी टोक्यो र अक्टूवर ज्ञ का दिन फ्रान्सको राजधानी पेरिसमा विशाल प्रदर्शन गरेका छन्।  

    हङकङमा लागू गरिएको कडा राष्ट्रिय सुरक्षा कानून, भित्री मंगोलिया स्वायत्त क्षेत्रमा मन्दारिन चिनियाँ भाषाको प्रयोग बाध्यात्मक बनाउने, तिब्बत र झिनजियांगमा धार्मिक स्वतन्त्रता विरुद्धको कारबाही र ताइवानको बिरूद्ध चीनको आक्रामक र धम्कीपूर्ण कार्यहरूको विरुद्ध नारावाजी गरिएको हो ।

    प्रदर्शनमा स्थानीयका साथै  अन्य एसियाली देशका मानिसहरूले सहभागिता जनाएर एक्यवद्धता प्रकट गरेका छन्  ।
     
    चिनले पछिल्लो समय तिब्बती, उइघुर र मङोलिएन समुदायमाथि धार्मिक तथा संस्कृतिक  हस्तक्षेप बढाउदै लगेका समुदायहरूले आरोप लगाएका छन् । चिनियाँ शासकहरूले उइघुर समुदायमाथि विभिन्न खाले दमन गरिरहेको समाचारहरू निरन्तर  बाहिर आइरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend