बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

दुई देशबीचको सीमा खुला हुँदै

दुई देशबीचको सीमा खुला हुँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 5.8K
    SHARES

  • दुई देशबीचको सीमा खुला हुँदै

    अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने भएको छ । कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी दिएको हो ।

    अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ । अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार सो कुराको घोषणा गरेका हुन् ।

    अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ । 

    न्युजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरु पनि देशका नागरिकले अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । यसका साथै उनीहरुले अष्ट्रेलिया प्रवेश गरेपछि क्वारेन्टिनमा पनि बस्नु नपर्ने भएको छ । 

    उनीहरुले कोभिड १९को संक्रमण नभएको चिकित्सक प्रमाणपत्र देखाएपछि अष्ट्रेलिया प्रवेश पाउने र उनीहरुले यहाँ आएपछि पनि क्वारेन्टिनमा बस्न नपर्ने सरकारले जनाएको छ । 

    न्युजिल्याण्डका नागरिक पर्यटकका रुपमा तथा अन्य विविध कामका लागि छिमेकी अष्ट्रेलिया आउने गर्दछन् । त्यसैले पनि अष्ट्रेलियाली नागरिकले सो सीमा क्षेत्र खुला गर्नुपर्ने आवाज पहिले देखि नै उठाउँदै आएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०३:३६:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend