बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

फ्रान्सकाे आइफिल टावरमा बम, प्रहरीले पूरै क्षेत्र खाली गर्याे

फ्रान्सकाे आइफिल टावरमा बम, प्रहरीले पूरै क्षेत्र खाली गर्याे

  • एजेन्सी
  • बुधवार, आश्विन ७ २०७७

  • 6.0K
    SHARES

  • फ्रान्सकाे आइफिल टावरमा बम, प्रहरीले पूरै क्षेत्र खाली गर्याे

    प्रहरीलाई फोन गरेर एक अपरिचित व्याक्तिले बम पड्काउने धम्की दिएपछि फ्रान्समा रहेको आइफिल टावर बुधबार एक्कासी खाली गरिएको छ। 

    विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार प्रहरीले मानिसहरुलाई निकालेपछि प्रहरीले लामो क्षेत्रमा घेराबन्दी गरेका छन्। नजिकैका क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा जान भनेको छ।

    अधिकारीहरुका अनुसार एक अपरिचित व्यक्तिले प्रहरीलाई फोन गरेर आफूले आइफिल टावर क्षेत्रमा बम राखेको बताएको थियो। आइफिल टावर क्षेत्र पर्यटकीय गन्तव्य हो। यहाँ दैनिक दशौं हजार मानिस भ्रमण गर्न आउँछन्। 

    बम पड्किँदा सयौं मानिसले ज्यान गुमाउने भएकाले प्रहरीले यस क्षेत्रलाई तत्काल खाली गराएको जनाएको छ। तीन महिनाको लकडाउनपछि गत जुन महिनाबाट आइफिल टावर पर्यटकको लागि खुलाइएको थियो।

    हाल प्रहरीले आइफिल टावर वरपर बम र संदिग्ध व्यक्तिको खोजी गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०३:३६:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend