काठमाडौं- विश्वकै अग्लो भवन दुबईको बुर्ज खालिफामा आज राति नेपाली झण्डा फहराइने भएको छ ।नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार राति यूएईको दुबईमा रहेको विश्वकै अग्लो भवनमा नेपाली झण्डा फहराउन लागिएको आबुधाबीस्थित नेपाली दूतावासले बताइएको छ ।
बुर्ज खलिफामा नेपाली झण्डा फहराउन लागिएको यो दोस्रो पटक हो । यसअघि अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा नेपालले बुर्ज खालिफामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो । यूएईको स्थानीय समयअनुसार राति ८ बजे ९ नेपाली समय ९ बजेर ४५ मिनेटमा झण्डा फहराउन लागिएको दूतावासले जनाएको छ ।
त्यस्तै सोही समयमै आबुधाबीस्थित नेशनल आयल कम्पनीको भवनमा समेत नेपाली झण्डा झलमलाउन लागिएको दूतावासले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।