बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली कार्यकालमा फलिफाप खतिवडाको इतिहास के हाे, पूर्ण नालीबेली !

ओली कार्यकालमा फलिफाप खतिवडाको इतिहास के हाे, पूर्ण नालीबेली !

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 5.3K
    SHARES

  • ओली कार्यकालमा फलिफाप खतिवडाको इतिहास  के हाे, पूर्ण नालीबेली !

    काठमडौं- नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार धेरैका फलिफाप बन्यो त धेरैको अवस्था झनै गुज्रिदै गयो । यसबीच ओली कार्यकालमा भाग्य चम्काउन सफल भएका एक हुन्, डा. युवराज खतिवडा ।

    लगातार एकपछि अर्काे सरकारी नियुक्ती पाइरहेका डा. खतिवडाको इतिहास कस्तो होला त ? यो धेरैको उत्सुकताको विषय हुन पुगेको छ ।

    खतिवडाले वि.सं. ०३९ सालमा नेपाल राष्ट्र बैङ्कमा  सहायक अनुसन्धान अधिकृतका रूपमा सरकारी पदको श्रृङ्खला​​ सुरु गरेका थिए । करिब २० वर्ष त्यहाँ बिताएका खतिवडा वि.सं. ०५७ मा राष्ट्र बैङ्कको कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।

    सँगै राष्ट्र बैङ्कको अनुसन्धान विभाग प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेका खतिवडा वि.सं. ०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य समेत भएका थिए ।

    योजना आयोग छाडेपछि खतिवडाले वि.सं. २०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरेका थिए। 

    कोलम्बोबाट नेपाल फर्केपछि २०६६ सालमा खतिवडालाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए।

    करिब ९ महिना अयोगमा बिताएपछि खतिवडा वि.सं. २०६६ चैत ९ मा नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएका थिए ।

    फेरि तत्कालिन ओली सरकारकै कार्यकालमा खतिवडा वि.सं. २०७२ मा पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। 

    विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण, विकास र नियोजन सम्बन्धित मुद्दा तथा कार्यक्रमको सेमिनारमा सहभागि भएका  खतिवडालाई फेरि ओली नेतृत्वकै सरकारले अर्थमन्त्रीमा नियुक्त गरेको थियो ।

     यति मात्रै हैन्, गोकुल बाँस्कोटाले प्रेस सेक्युरिटी प्रिन्टर प्रकरणमा बदनाम भएपछि खतिवडाले थप सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ताको जिम्मेवारी समेत पाएका थिए ।

    संवैधानिक हैसियतामा मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएसँगै मन्त्रीखतिवडाले २७ दिनअघि राजीनामा दिएका थिए ।

    उसो त खतिवडाको कार्यकाल गत फागुनमै सकिएको थियो, त, उनी फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका थिए ।

    राजीनामा दिएको केही समयमै ओलीले खतिवाडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

    त्यसको केही दिन बित्दा आज खतिवडा नेपालका लागि अमेरिकी राजदुत बनेका छन् । अबका दिन खतिवडाले वासिंगटन डिसीमा बिताउँनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७१०:४३:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend