आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीका अर्का प्रियपात्र मन्त्रिपरिषदमा ‘इन्ट्री’ हुँदै

ओलीका अर्का प्रियपात्र मन्त्रिपरिषदमा ‘इन्ट्री’ हुँदै

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 67.5K
    SHARES

  • ओलीका अर्का प्रियपात्र मन्त्रिपरिषदमा ‘इन्ट्री’ हुँदै

     काठमाडौं - सत्तारुढ नेकपा स्थायी समितिको २६ भदौमा सम्पन्न बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो।

    त्यसलगत्तै नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे धेरै चरणमा कुराकानी भइरहेको छ ।

    तर, ठोस सहमति जुटिसकेको छैन । मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको संख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझदारी खोजिने भएको छ ।

    त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारी ओली र प्रचण्डबीच छ। मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएसँगै मन्त्री बन्न नेताहरूको दौडधूप सुरु भएको छ ।

    कम्तीमा पनि १० जना मन्त्री फेरिने निश्चित छ । त्यसैले १० जनाभित्र पर्न अहिलेसम्म मन्त्री नभएका र भएकाको दौडधूप सुरु भएको छ । ओली र प्रचण्डबीच यसअघि मन्त्री नभएका र राम्रो काम गर्न सक्ने नेतालाई मन्त्री बनाउने आन्तरिक सहमति भएको छ ।

    प्रधानमन्त्री ओलीका दुई विश्वासपात्र मन्त्री गोकुल बास्कोटा र डा.युवराज खतिवडा मन्त्रीबाट बहिर्गमन भएसँगै उनले एकजना विश्वासपात्रलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

    स्रोतका अनुसार भक्तपुर २ का सांसद महेश बस्नेत मन्त्री बन्ने दौडमा अगाडि छन् । उनी यसअघि उद्योगमन्त्री बनिसकेका छन् । बस्नेत ओलीका प्रियपात्र पनि हुन् ।

    ओलीकै निर्देशनमा तत्कालीन माओवादीसँग भिड्न युथ फोर्स गठन गरेर बस्नेतलाई अध्यक्ष बनाइएको थियो । बस्नेत र ओली भक्तपुरमा एउटै निर्वाचन क्षेत्रका पनि हुन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याउन महेश बस्नेतले प्रमुख भूमिका खेलेका थिए ।

    ओलीले जे भन्यो त्यही मान्ने भएकाले पनि मन्त्रिपरिषद्मा बास्कोटा र खतिवडाको अभाव पूर्ति गर्न सक्ने पात्रका रूपमा बस्नेतलाई हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend