मंगलवार, कार्तिक ४ २०७७Oct 20 2020

Logo
images
images

नेकपामा गम्भीर तरंग : बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

नेकपामा गम्भीर तरंग : बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 1.5K
    SHARES

  • नेकपामा गम्भीर तरंग : बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

    काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको छ । आमनिर्वाचन हारेका नेता वामदेव पार्टीभित्र अनेकौं चलखेल गरेर  राष्ट्रियसभा सदस्य  सांसद बन्न त सफल भए ।

    तर, वामदेव यतिमै रोकिएका छैनन्, उनी अब मन्त्रीको पदका लागि भित्रभित्रै पञ्जा फिजाइरहेको निक्र्याैल छ । यद्यपी, सर्वसाधारणको गम्भीर आपत्ति र नेकपा अध्यक्ष केपी शर्मा ओलीकै असहमतिका कारण वामदेवको मन्त्री बन्ने सम्भावना न्युन हुँदै गएको छ ।

    images
    images

    आम नागरिकले निकै नै विरोध गरिरहेका अवस्थामा आइतबार पेरिसडाँडामा बसेको बैठकमा समेत वामदेवलाई मन्त्री बनाउँन धेरै नै सोच्नु पर्ने अवस्था रहेको निश्कर्ष रहेको थियो ।

    यसबीच आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा वामदेवले नेता गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्ने कार्य संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता लिन रिट निवेदन पेश गरेका छन् ।

    यसबाहेक वरिष्ठ अधिवक्ता त्रिपाठीले गौतमलाई मन्त्री बनाउने तयारी भएको भन्दै प्रतिषेधको आदेशले मन्त्रिपरिषदमा सामेल हुनबाट रोक्न पनि माग गरेका छन् । यी यावत कठिनाइ र ओली आफुसमेत वामदेवलाई मन्त्री बनाउँन इच्छुक नहुँदा वामदेवको मन्त्री बन्ने सपना तुहिने संकेत गरेको छ ।

    यद्यपी यसबीच पनि वामदेव अनेकौं चालबाजी गरेर मन्त्री भएभने नेकपामा अध्यक्षद्धयभन्दा बढी चल्ने व्याक्तिका रुपमा वामदेवलाई लिँदा पनि हुनेछ । यसबीच वामदेवकाे जबरजस्ती नियुक्ती, विद्युत प्राधिकरणमा कुलमानकाे पुर्ननियुक्ति नगर्नुलगायतका कुराले नेकपामा जनतासामु कसरि साेझिने भन्ने तरंग पैदा भएकाे छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology