शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
राजनीतिक बिशेष

नेकपा बैठक : चुनाव हारेका बामदेव र नाराययणकाजी मन्त्री बन्लान् ?

नेकपा बैठक : चुनाव हारेका बामदेव र नाराययणकाजी मन्त्री बन्लान् ?

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 7.4K
    SHARES

  • नेकपा बैठक : चुनाव हारेका बामदेव र नाराययणकाजी मन्त्री बन्लान् ?

     काठमाडौं -  सत्तारुढल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्दै छ।

    यस अघि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारी सम्पती दोहन गर्दै प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको बैठक राख्दै आएका थिए। त्यसो त पेरिसडाँडा पूर्व माओवादीको मुख्यालय पनि हो।

    विहान ११ बजे बस्ने भनिएको बैठकमा सहभागी हुन अझै नेताहरु पेरिसडाँडा पुगिसकेका छैनन। आजको बैठकमा प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद पुनर्गठन, प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिहरु हेरफेर गर्ने, चुनाव हारेर पनि राष्ट्रियसभा प्रवेश गरेकाद्धय नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई मन्त्री विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

    गौतम नेकपाको उपाध्यक्ष हुन् भने श्रेष्ठ पार्टी प्रवक्ता हुन्। प्रवक्ता श्रेष्ठ निर्वाचन मार्फत नै राष्ट्रिसभाको सदस्य बनेका हुन भने गौतमलाइै गत भदौ २९ मा मात्रै राष्ट्रपतिबाट मनोनीत गरेर राष्ट्रियसभा सदस्य बनाइएको हो।

    नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वटा मन्त्रालयका मन्त्रीहरु हेरफेर गर्नुपर्ने प्रस्ताव यस अघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सामक्ष राखिसकेका थिए।

    ओली भने बढिमा पाँच वटा मन्त्रालय हेरफेर र पूनर्गठन गर्ने पक्षमा छन्। मन्त्रालय हेर फेर गर्दा गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी फेरिने बताइएको छ।

    उनीहरुलाई अरु नै मन्त्रालयको जिम्मेवारी दिने विषयमा ओली र प्रचण्डबीच सहमति भइसकेको पनि बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend