शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

दसैँको मुखमा नेकपामा बामदेब र नारायणकाजिको भाग्य खुल्दै, शपथ आजै !

दसैँको मुखमा नेकपामा बामदेब र नारायणकाजिको भाग्य खुल्दै, शपथ आजै !

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 7.5K
    SHARES

  • दसैँको मुखमा  नेकपामा बामदेब र नारायणकाजिको भाग्य खुल्दै, शपथ आजै !

    काठमाडौँ-  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले बुधबार ढिलो गरी पठाएको सिफारिस हिजै राष्ट्रपति कार्यालयमा दर्ता भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुने पक्कापक्की भएको छ ।

    राष्ट्रपतिको कार्यालयले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेको सूचना राष्ट्रियसभाको सचिवालयलाई पठाएलगत्तै आजै उहाँको शपथ गराउने कार्यक्रम पनि तय भएको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ ।

    ‘यदि राष्ट्रपति कार्यालयबाट आज चिठी आयो भने हामी ढिलो नगरी उहाँलाई बोलाउँछौँ’, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले  बताए ।
    गौतमका बारेमा पार्टी निर्णयका आधारमा मन्त्रिपरिषद् बैठकमा प्रस्ताव टेबुल हुँदासम्म निर्णय सार्वजनिक नगरिएपछि पार्टी निर्णय कार्यान्वयनको विषयमा सर्वत्र प्रश्न उठेको थियो ।

    पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा बुधबार व्यापक प्रश्न उठाएपछि हिजै सिफारिस पठाइएको हो ।

    मन्त्रिपरिषद् टुंग्याउन सचिवालय बैठक

    नेकपाको सचिवालय बैठक शुक्रबार विहान बालुवाटारमा बस्ने भएको छ । भोलिको बैठकले मन्त्रिपरिषद् पुनर्गठनका बारेमा टुंगो लगाउने सम्भावना रहेको एक सचिवालय नेताले जनआस्थालाई बताए ।

    स्थायी कमिटी बैठकको निर्णयअनुसार अब गरिने मन्त्रिपरिषद् पुनर्गठन तथा सबैखाले सरकारी नियुक्तिपूर्व पार्टीको अनुमति लिनुपर्ने छ । सोहीअनुसार भोलिको सचिवालय बैठकमा मन्त्रिपरिषद्मा को रहने, को हट्ने भन्ने कुरा टुंगो लगाउन लागिएको हो ।

    प्रधानमन्त्रीको अनिच्छा भए पनि उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय तोक्ने प्रस्ताव भोलिको सचिवालय बैठकमा पेश हुँदैछ । जनआस्था

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend