शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
आजको विशेष

कुलमानलाई प्राधिकरणबाट विस्थापित गर्न खोज्ने शाक्य को हुन् ? प्रधानमन्त्री पत्नीसँग जोडियो नाता

कुलमानलाई प्राधिकरणबाट विस्थापित गर्न खोज्ने शाक्य को हुन् ? प्रधानमन्त्री पत्नीसँग जोडियो नाता

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०७७

  • 11.2K
    SHARES

  • कुलमानलाई प्राधिकरणबाट विस्थापित गर्न खोज्ने  शाक्य को हुन् ? प्रधानमन्त्री पत्नीसँग जोडियो नाता

     काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (मंगलबार) सम्म रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    भदौ २९ गते नै उनको चार वर्षे कार्यकाल सकिएको बताइएको थियो । त्यसैले सम्भवतः आज प्राधिकरणबाट उनको औपचारिक बिदाइ गरिने भएको छ ।

    सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुनः नियुक्ति दिने अनुमान गरिएको थियो । तर, मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नै गरेन ।

    प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी कार्यविधिअनुसार घिसिङलाई म्याद थप गर्न नमिल्ने उmर्जा मन्त्रालयले जनाएको छ । उर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ ।

    आज बेलुकीसम्म घिसिङको म्याद बाँकी रहेकाले भोलि नै निमित्त तोकिने भएको छ । लोडसेडिङ अन्त्य गर्न सक्रिय भूमिका खेलेकाले कुलमानको म्याद थप गर्न सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

    तर, उर्जा मन्त्रालयको कार्यविधिमा कार्यकारी निर्देशकको म्याद थप गर्ने प्रावधान नरहेकाले प्रतिस्पर्धाबाट छनोट गर्नुको विकल्प नरहेको बताएको मन्त्रालयले बताएको छ ।

    यसैबीच, निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ गरिरहेका छन् । शाक्यले आफूलाई ससुराली खलक भनेर प्रधानमन्त्री केपी ओलीमा दबाब बढाएका छन् ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कुलमानलाई नै कार्यकारी निर्देशक बनाउनुपर्ने पक्षमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend