काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा (आइतबार) बिहान पहिरो जाँदा १८ घर पुरिएका छन्।
गत राति आएको पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ । खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
राति करिब २–३ बजे पहिरो गएको र यसबारे थप विवरण आउन बाँकी रहेको छ । यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।
घटनाको विस्तृत विवरण थाहा पाउन बाँकी रहेको मेयर शेर्पाले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।