सिन्धुपाल्चोक- नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढी-पहिराे पीडितलाई गास-बाससहित ५ लाख नगद सहयोग गरेका छन् ।
जिल्लाको सुनकोसी गाउँपालिका वडा नं ६, थुम्पाखर धुसेनीमा शनिबार राति गएको पहिरोमा परेर ४ घर पुर्णरुपमा भत्किएका छन् । त्यस्तै, पहिरोका कारण ३० घर अति जोखिम परेका छन् ।

नेता बस्नेतले पहिराेमा परेर घर गुमाएका पीडितहरुलाई खाना र बस्नको व्यवस्थाका साथै नगद ५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
नेता बस्नेतसँगै गाउँपालिका अध्यक्ष बिनोद कुमार जिसि र वडाका वडा अध्यक्ष रामकुमार थापाकातर्फबाट संयुक्त रुपमा पहिरो पुरिएकालाई ५ लाख सहयोग गर्ने निर्णय भएको हो ।
त्यस्तै पहिरोका कारण घर भत्किएर विस्थापित परिवारलाई अस्थायी बासको व्यवस्था गरिएको छ भने खाद्यान्न समेत वितरण गरिएको छ । यति मात्रै हैन, पहिरोका कारण जोखिममा रहेका घर-बस्ती नै चाँडै सार्नका लागि सरकारसँग नेता बस्नेतले आग्रह गरिरहेका छन् ।
नेता बस्नेत यसअघि पनि सिन्धुपाल्चोकका थुप्रै पीडितहरुलाई ठूलो सहयोग गर्दै आएका छन् । नेता बस्नेत आफ्नो चुनाब क्षेत्रमा सहयोग गर्न चुनाव नै जित्न नपर्ने नेताका रूपमा उदाहरणिय नेता बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।