आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको बिशेष

आफ्नो चुनाब क्षेत्रमा सहयोग गर्न चुनाव नै जित्नै नपर्ने उदाहरण बन्दै कांग्रेस नेता बस्नेत

आफ्नो चुनाब क्षेत्रमा सहयोग गर्न चुनाव नै जित्नै नपर्ने उदाहरण बन्दै कांग्रेस नेता बस्नेत

पीसीआर मेसिन किनेर जनताको निःशुल्क परीक्षण गर्ने, प्रहरीको बीमा गरिदिने
  • मिडिया डबली
  • शनिवार, आषाढ १३ २०७७

  • 12.7K
    SHARES

  • आफ्नो चुनाब क्षेत्रमा सहयोग गर्न चुनाव नै जित्नै नपर्ने उदाहरण बन्दै कांग्रेस नेता बस्नेत

     काठमाडौं - जनताको सेवा गर्न चुनाव जीतेको नेता नै हुनुपर्दैन भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन। पूर्व मन्त्रि समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रीलाई हेरे पुग्छ।

    सिन्धुपाल्चोक बाट २०७४को चुनावमा उपविजेतामा चित्त बुझाए पनि बस्नेत चुनावमा पाएको परिणामलाई आधार मानेर जनतामा जाने नजाने कुरामा रोकिएका छैनन्। 

    चुनाव जीतेर सांसदका रुपमा भन्दा अहिले जनताका बीचमा पुग्न हतारिने कांग्रेस नेता बस्नेत जिल्लाका हरेक नागरिकको दुख सुखका साथी बनेका छन्।  जिल्लाका नागरिकहरु अप्ठ्यारोमा पर्दा पहिले सम्झिइने नाम बनेका छन् बस्नेत।  सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसको संक्रमण पीसीआर परीक्षण गर्ने मेसिन उपलब्ध गराउने बस्नेतले प्रतिबद्धता जनाएका छन् ।

    कांग्रेसका नेता बस्नेतले शनिबार विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा रहेको अस्पताललाई पीसीआर परीक्षणको मेसिन उपलब्ध गराउने बताएका हुन् । उनले निःशुल्क रुपमा कोरोनाको नमूना परीक्षण गरिने समेत बताएका छन् ।

    उनले बेसार र तातोपानी खाएर नभइ पीसीआर पद्धतिबाट कोरोनाको नमूना परीक्षण गरी सचेत भएर कोरोनाविरुद्धको लडाइँलाई जित्नुपर्ने बताएका छन् ।

    ‘बेसार र पानी खानु, हाछ्यु गर्नु, कोराना फाल्नु, घरमा बस्नु भन्ने जस्ता सरकारी रवैयाबाट उक्त समस्याको व्यवस्थापन र समाधान नदेखिएको परस्थितिमा जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएकोले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ स्थित बाह्रबिसेको अस्पतालमा पीसीआर प्रविधिको अत्याधुनिक उपकरणको व्यवस्था गरी सिन्धुपाल्चोक जिल्लाका कोराना परीक्षण गर्नुपर्ने र गराउन चाहनु हुने सबै आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू आफ्नो जिल्लामा यो सेवा यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाइदिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, कांग्रेस नेता बस्नेतले विज्ञप्तिमा जनाएका छन् ।

    उनले नेपालमा कोरोना महामारीको प्रकोप तीब्र गतिमा अनियन्त्रित ढंगले अगाडि बढिरेको परिस्थितिमा सरकारले कुनै पनि सावधानी अपनाउन नसक्नु नेपाल र नेपालीहरूका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

    ‘नेपालमा कोभिड– १९ को संक्रमण देखिएको आधा वर्ष वितिसक्न लाग्दा पनि एकतिहाई जिल्लाहरूमा पनि पीसीआर प्रविधिबाट स्वाव परीक्षण गर्ने व्यवस्था मिलाउन नसक्नु अर्को विडम्बना हो’, उनले भनेका छन् ।

    ‘विदेशबाट भित्रिनेहरूलाई उचित क्वारेन्टिनको व्यवस्था गर्न नसक्नु, संक्रमणको आशंका भएकाहरूको स्वाब परीक्षण समयमा हुन नसक्नु, कन्ट्रयाक ट्रेसिङमा ध्यान नदिनु, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपब्धता नहुनु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मनोबल बढाउने काम नगर्नु, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा शुरुदेखि नै भ्रष्टाचारको गन्ध आउनु आदि कारणबाट कोरोनाको महामारी भुसको आगो जस्तो भएर सल्किएको देखिन्छ’, नेता बस्नेतले भनेका छन् । कांग्रेस नेता बस्नेतले यसअघि जिल्लाभरिका ६३१ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरिदिएका थिए ।

    उनले नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी ९ दिनकी सुत्केरी सावित्री तिमल्सिना चािलसेको नवजात शिशुलाई पौष्टिक आहारको लागि आफैले एक लाखको प्रबन्ध मिलाइदिएका थिए । शिशुलाई एक कक्षादेखि १२ कक्षासम्म पठाइदिने र त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणा पनि गरेका छन् ।

    कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले अब एम्बुलेन्स चालकहरू र नेपाल प्रहरीको कोराना बीमा गरादिने घोषणा समेत गरेका छन् । यसअघि नेपाली कांग्रेस र यसका भ्रातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरू मिलेर सिन्धुपाल्चोकमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र आमनागरिकलाई स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएको उनले बताएका छन् । अझै पनि यो कार्य जारी रहेको बताएका छन् ।

    mohan bahadur basnet.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २८ २०७७०३:२८:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend