बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

इनर-मंगोलियामा चिनियाँ ज्यादती, धम्की दिएर भाषामाथि प्रतिबन्ध

इनर-मंगोलियामा चिनियाँ ज्यादती, धम्की दिएर भाषामाथि प्रतिबन्ध

  • एजेन्सी
  • शुक्रवार, भाद्र २६ २०७७

  • 6.1K
    SHARES

  • इनर-मंगोलियामा चिनियाँ ज्यादती, धम्की दिएर भाषामाथि प्रतिबन्ध

    इनर- मंगोलियामा स्थानीय भाषाको शिक्षणमा लगाइएको प्रतिबन्धको विरोधमा हप्तौंसम्म बृहत प्रदर्शन गर्दै आफ्ना बालबालिकालाई विद्यालय नपठाउने घोषणा गरेका अभिभावहरुलाई जागिरबाट निकाल्‍ने धम्की दिएपछि विद्यार्थीहरु स्कुल फर्किएका छन् ।

    मंगवलियन भाषा विद्यालयहरूमा इतिहास, राजनीति र साहित्य पढाउन बेइजिङको स्ट्यान्डर्ड चिनियाँ भाषा प्रयोग गर्न बाध्य पारिएपछि आफ्नो भाषाको अपमान गरेको र आफ्नो भाषामाथि हस्तक्षेप गरेको भन्दै गत महिनाको अन्ततिर जातीय मंगोल समुदायले व्यापक प्रतिरोधसहित प्रदर्शनहरु गरेका थिए ।

    एक बृहत घाँसे मैदानको अन्त्य भएपछि सुरु हुने मरुभूमि र जंगलको बीचमा रहेको मंगोलियाको चीनसँगको २८८० माइलको सीमा क्षेत्र तोङ्गलियो नै विरोध प्रदर्शनको केन्द्र बनेको थियो । 

    आन्तरिक मंगोलियाका गभर्नर बु सियाओलिनले गत हप्ता तोङ्गलिओ स्कूलमा पुगेर शिक्षकहरुलाई राज्यले जारी गरेका पाठ्य पुस्तकहरु नै लागु गर्न निर्देशन दिएका थिए । उनले यो नै "प्रमुख राजनीतिक काम" भएको र जुन अहिले र भविष्यमा फाइदाजनक हुने बताएका थिए । 

    नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक हप्ता बाँकी रहेकोसमयमा चीनले भाषासम्बन्धी नीति अगस्तको अन्त्यमा घोषणा गरेको थियो । तत्कालै मंगोलका अभिभावक, शिक्षक र विद्यार्थीहरूले विरोध प्रदर्शन र विद्यालय बहिष्कारको व्यवस्था गरेका थिए । 

    स्थानीय अधिकारीहरूले हातहतियारसहित प्रहरी परिचालन गरी विरोध प्रदर्शनलाई नियन्त्रणमा लिनुका साथै विद्यार्थीका आमाबाबुलाई बच्चाहरूलाई कक्षामा पठाउनको लागि तीव्र दबाब दिए । 

    सेप्टेम्बर २ सम्ममा होरकिन जिल्ला पुलिसले प्रदर्शनमा सहभागी १२९ जना लाई वान्टेडको सूचीमा राखेको थियो । 

    प्रदर्शनमा स्पष्ट रूपमा सुरक्षा क्यामेराले खिचेको ग्रेनाइट फोटोहरु उपलब्ध गराउनेलाई र प्रदर्शनकारीबारे सुराँकी लगाउनेलाई एक हजार आरएमबीको नगद पुरस्कार प्रदान गरियो र क्लिपबोर्डसहितका पुलिस अफिसरहरूले टोल गेटहरूमा तोङ्गलियोबाट बाहिर निस्किनेहरुमाथि निगरानी बढायो ।

    बयान नूर शहरमा पाठ्यपुस्तकहरूको बारेमा "नक्कली समाचार" फैलाउन र विरोधलाई जारि राख्‍न मेसेजिंग एप विच्याट प्रयोग गरेको आरोपमा चारजनालाई पक्राउ गर्‍यो । 

    गत साताको अन्त्यमा, तोङ्‌गलियाको पश्चिमी क्षेत्रमा एउटा सरकारी कामदारहरूलाई उनीहरूका बच्चाहरूले सोमबार स्कूलमा भाग लिनुपर्ने बताएका थिए । यदि तिनीहरूले त्यसो गरेनन् भने, आमाबुवाहरूको पारिश्रमिक नदिने र भित्री मंगोलियाई बासिन्दाहरूद्वारा साझा गरिएको अर्डरको छवि अनुसार पार्टीको भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्ने धम्की दिएका थिए ।  

    मंगोलियाको सिमाना तोङ्गलियाको उत्तर-पश्चिममा पर्ने जिलिन गोल लिगको सोनिद वाम ब्यानरको सरकारले घोषणा गर्‍यो कि अधिकारीहरूको तलब रोक्का गरिएको छ भने दुईजनालाई बर्खास्त गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend