चीनमा पछिल्लो समय कोरोना महामारीसँगै बाढी पहिरोको व्यापक जोखिम बढेको छ । पछिल्लो समय वर्षाका कारण चीनको सबैभन्दा ठूलो थ्री गोर्जेज ड्याममा पानीको वहाव खतराको लेभलमा आएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसैगरी देशका अन्य विभिन्न भागमा आएको बाढीका कारण ठूलो क्षति भएको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन् । जसका कारण चीनमा खाद्यान्न संकट भएर भोकमरी आउने स्थिति नहोस् भन्नेतर्फ पनि सचेत रहेको जनाइएको छ ।
चीन कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङले आधुनिक समाजवादी देश निर्माण गर्ने प्रयासमा जोड दिएका छन् ।
त्यसका लागि उनलर् प्रकोप रोक्न र लड्नको लागि आफ्नो क्षमता सुधार गर्नुपर्ने बताएका हुन् । मंगलबार पूर्वी चीनको अनहुइ प्रान्तमा पुगेका सीले यस्तो टिप्पणी गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।