बेइजिङ - चिनियाँ उपप्रधानमन्त्री हान झेङले मंगलबार तेल र ग्यासको बजार र राष्ट्रिय उर्जा सुरक्षा सुनिश्चित गर्न तेल र ग्यासको आपूर्ती प्रणालीमा सुधार ल्याउन निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको पोलिटिकल ब्यूरोको स्थायी समितिका सदस्य हानले 'चाइना तेल तथा ग्यास पाइपलाइन नेटवर्क कर्पोरेशन' (पाइपचिन) मा सम्पन्न सम्मेलनमा यस्तो निर्देशन दिएका हुन् ।
पाइपलाइनले यसको गठन र सञ्चालनमा प्रमुख समस्याहरूको सामना गरेर अघि बढ्नुपर्ने, योजना अनुसार मुख्य पाइपलाइन नेटवर्क परियोजनाहरूको निर्माणलाई गति दिँदा पाइपलाइन प्रसारण क्षमताले सामाजिक र आर्थिक विकासको माग पूरा गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्न हानले आग्रह गरेका छन् ।
ठूला डाटा र सेवा मोडलाई नयाँ बनाउन प्रविधिको उपयोग गरेर सेवाहरू सुधार गर्न पनि प्रयास गरिनुपर्नेमा हानले जोड दिएका छन् । तेल र ग्यास पाइपलाइन नेटवर्क सुविधा निष्पक्ष ढंगले र बजारका सिद्धान्तहरूमा आधारित सबै बजार संस्थाहरूको लागि खुला हुनुपर्नेसमेत बताइएको छ ।
उपप्रधानमन्त्री हानले पनि जाडो र गर्मी दुबै मौसममा ग्यासको स्थिर आपूर्ति सुनिश्चित गर्ने उपायहरु अवलम्बन गर्नसमेत जोड दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।