शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

ओलीको खतरनाक खेलले बामदेब र नारायणकाजी तनाबमा, उथलपुथल हुने संकेत !

ओलीको खतरनाक खेलले बामदेब र नारायणकाजी तनाबमा, उथलपुथल हुने संकेत !

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 9.8K
    SHARES

  • ओलीको खतरनाक खेलले बामदेब र नारायणकाजी तनाबमा, उथलपुथल हुने संकेत !

    काठमाडौँ- बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरुको जोड-कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ।

    नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय गराएर सांसदमा लाने तर गौतम र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा सदस्य भए पनि संविधानतः मन्त्री बन्न नसक्ने तर्क गरेका छन्। यी दुई नेता मन्त्री हुनै लागेछन् भने पनि तुरुन्तै रिट बोकेर सर्वोच्च पुग्ने गरी वकिलहरुको एउटा समूह तयारी हालतमा छ।

    पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ फरक-फरक विधिमार्फत् संघीय संसदमा प्रवेश भए पनि मन्त्री नै बनाइहाल्न चाहिँ प्रधानमन्त्रीको रुची नदेखिँदा शीर्ष नेतबीच यो विषयमा पनि माथापच्ची चल्ने भएको छ।

    सोमबारको भेटमा प्रचण्डले संविधानको धारा ७८ को विभिन्न उपधारा स्मरण गराउँदै अर्का अध्यक्षलाई भने, ‘कुनै प्रक्रिायमार्फत् संघीय संसदमा प्रवेश गरिसकेको अवस्थामा मन्त्री बनाउन मिल्दैन भन्ने कुरा तार्किक छैन, वास्तविकता पनि होइन।’ प्रचण्डले यति भनेपछि बल्ल केपी ओलीले भेद खोले, ‘साथीहरु वकिल-सोकिल तयार पारेर बसेका छन्।’

    २० गते नै पद रिक्त हुँदा पनि वामदेवको नाम पार्टी निर्णयबमोजिम राष्ट्रपतिसमक्ष सिफारिसमा ढिलाइ हुनुको कारण कथं सांसद भइहाले पनि मन्त्री बन्न नपाइने बालुवाटारको अडानबीच के तादाम्य होलारु भैँसेपाटीनिकट स्रोतका अनुसार ‘आ...भैगो त अब म जान्न’ भन्दै बामदेवलाई गलाउने मेलो हो। यो खबर जनआस्था साप्ताहिकले छापेको छ ।

    त्यस्तै भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका डा।युवराज खतिवडा र सेक्युरिटी प्रेस खरिद बार्गेनिङ प्रकरणमा राजीनामा दिएका गोकुल बाँस्कोटालाई भने ओली आफ्नो लागेरपुगेसम्म मन्त्री बनाउने मुडबाट पछि हटेका छैनन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend