काठमाडौं- धान रोप्दा हाल्नुपर्ने युरिया र डिएपी मल पसाउने बेलासम्म पनि नल्याउने ठेकेदारलाई कारवाही गर्ने प्रकृया सुरु भएको छ । प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालाको कम्पनीले मलको ठेक्का हत्याएर मल नल्याएका हुन् ।
यसरी, किसानलाई चरम संकटमा पार्ने दुवै ठेकेदारकाे कारवाहीकाे दिन गन्ति सुरू भएकाे छ । मल ल्याउन लाचारीपन देखाएका ठेकेदारलाई चैतर्फी दबाब बढेसँगै कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले कारवाही प्रकृया अघि बढाएको छ ।
कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका एक अधिकारीले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र कोइरालाको होवीको मल्टिपल कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भएको बताएका छन् ।
मन्त्रालयका ती अधिकारीका अनुसार आइतबार मलको ठेक्का दिने सरकारी निकाय कृषि सामाग्री कम्पनी लिमिटेडले दुवै निकायलाई कालोसूचीमा राख्न मन्त्रालयलाई सिफारिस गरेको हो ।
नेकपाका नेता प्रचण्डका घरबेटीले यसअघि देखि नै विभिन्न ठेक्कामा यसरी नै लापरवाही गर्दै आएकाले शक्तिको आडमा उनलाई कारवाही गर्न सकिएको छैन । अहिले पनि कृषि तथा पशुपञ्छि विकास मन्त्रालयको नेतृत्व नेकपाकै नेता घनश्याम भुसालले गरिरहेकाले कारवाही हुनेमा आशंका रहेको जानकारहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।