काठमाडौं - कृषिमन्त्री घनश्याम भुसाल अहिलेको मन्त्रिपरिषद्मा सबैभन्दा निरीह मन्त्री बनेका छन् । किसानलाई धान रोप्ने बेला मल उपलब्ध गराउन नसकेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
धान रोप्दा हाल्नुपर्ने युरिया र डिएपी मल पसाउने बेलासम्म पनि ठेकेदारले नल्याएपछि प्रधानमन्त्री केपी ओली आफैंले बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर ५० हजार टन पैंचो माग्नुपर्ने अवस्था आयो । यसरी प्रधानमन्त्रीले कृषिमन्त्री भुसालको लाज बचाइदिएका थिए ।
प्रधानमन्त्रीले बंगलादेशका आफ्ना समकक्षीलाई फोन गरेर मल पैंचो मागेलगत्तै कृषिमन्त्री भुसालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीलाई भदौ २० गतेसम्म रासायनिक मल ल्याउन अल्टिमेटम दिएका थिए ।
मन्त्री भुसालले दिएको अल्टिमेटम शनिबार नै सकिसकेको छ । आज भदौ २१ गते । कृषिमन्त्री भुसालले प्रचण्डका घरबेटीलाई कारबाही गर्छन् कि उनीसामु निरीह हुन्छन् ? जनताले हेरिरहेका छन् ।
सरकारले विदेशबाट रासायनिक मल ल्याउने ठेक्का अधिकारीलाई दिएको थियो । तर, उनले अहिलेसम्म ल्याउन सकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।