मंगलवार, श्रावण २४ २०७९Aug 09 2022

Logo
images
images
images
images

नेकपा कार्यदलले नै एमसीसी अनुमोदन गर्न अनुमति दिएपछि...

नेकपा कार्यदलले नै एमसीसी अनुमोदन गर्न अनुमति दिएपछि...

  • मिडिया डबली
  • शनिवार, भाद्र १३ २०७७

  • 7.1K
    SHARES

  • नेकपा कार्यदलले नै एमसीसी अनुमोदन गर्न अनुमति दिएपछि...
    फाइल तस्वीर

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्यालेञ्‍ज कम्प्याक्ट सम्झौताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रतिवेदन पेस गरेको छ ।

    नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेका छन् ।

    images
    images
    images

    उक्त कार्यदलले शनिबार पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएका थिए । उक्त प्रतिवेदनमा नेकपा कार्यदलले एमसीसी अनुमोदन गर्न पनि पार्टीलाई सुझाएको छ ।

    यसअघि एमसीसीको बारेमा धारणा बनाउन नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित कार्यदलले पनि एमसीसीका बारेमा प्रतिवेदन पेस गरेको थियो ।

    झलनाथ खनाल, भिम रावल, प्रदीपकुमार ज्ञवालीलगायतका थिए । उक्त प्रतिवेदनमा फरक-फरक धारणा सार्वजनिक गरिएको थियो । तर, अहिलेको कार्यदलले भने एमसीसी राष्ट्रहितका सम्बन्धमा स्थायी कमिटी र सचिवालयमा छलफल गरी राष्ट्र हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने जनाइएको छ ।

    प्रतिवेदनमा लेखिएको छ, 'नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०५:३१:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend