काठमाडौं- संयुक्त राज्य अमेरिकाले एमसीसीको रकम सधैं उपलब्ध नहुने जनाएको छ । एमसीसी अनुदान रकम लिनु-नलिनु नेपालको रोजाइ रहेको बताउँदै अमेरिकाले अनुदान रकम सधैं भने उपलब्ध नहुने बताएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीको अनुदान स्विकार गर्न ढिला गर्नू भनेको करिब २ करोड ३० लाख नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको फाइदा दिलाउन ढिलाइ गर्नु हो भनेको छ ।
अमेरिकाले एमसीसी सम्झौताले विद्युत प्रसारण लाइन पूर्वाधारको निर्माण , सडक निमार्णका योजनालाई अघि बढाउन र २ करोड ३० लाख नेपाली जनतालाई प्रतक्ष्य लाभ मिल्ने विज्ञप्तीमा उल्ल्ेख गरेको छ । सम्झौताका लागि नेपालका सबै प्रमुख राजनीतिक दलको प्रतिनिधित्व भएका सरकारहरुले सन् २०१२ देखि लगातार प्रतिवद्धता जनाएको समेत विज्ञपतीमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।