बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अंकगणितमा बलियो हुँदा पनि किन महालक्ष्मी उपाध्याय डिना हारिन् ? [ मतपरिणामसहित ]

अंकगणितमा बलियो हुँदा पनि किन महालक्ष्मी उपाध्याय डिना हारिन् ? [ मतपरिणामसहित ]

  • मिडिया डबली
  • सोमवार, मंसिर १९ २०७९

  • 49.4K
    SHARES

  • अंकगणितमा बलियो हुँदा पनि किन महालक्ष्मी उपाध्याय डिना हारिन् ? [ मतपरिणामसहित ]

    काठमाडौं - स्थानीय तहको निर्वाचनमा मकवानपुरमा कांग्रेसले राम्रो नतिजा हात पारेको थियो । गठबन्धनकै कारण स्थानीय तहको निर्वाचनमा मकवानपुर १ मा धेरै मत देखियो ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास गरेर मकवानपुर १ मा उम्मेदवार बनाएकोमा महालक्ष्मी उपाध्याय डिनाले पराजय बेहोरिन् । राप्रपाका दीपक सिंहले २७ हजार ८१६ मत ल्याउँदा कांग्रेस सहमहामन्त्री डिनाले २५ हजार ४३४ मात्रै मत ल्याइन् ।

    माओवादी, एकीकृत समाजवादीको समेत साथ पाउँदा पनि डिना राप्रपाका सिंहसँग दुई हजार ३८२ मतान्तरले पराजित भइन् । कांग्रेसको समेत राम्रो पकड क्षेमा डिना हारेपछि अहिले यसको समीक्षा भइरहेको छ ।

    मकवानपुर १ मा डिनासँगै प्रदेश सभा सदस्यमा आनन्दराम पराजुली पनि उठेका थिए । तर, दुवैले चुनाव हारेपछि यसले ठूलो हलचल मच्चिएको छ । नेताले पत्याए पनि जनताले नपात्याउनुमा डिनाकै कारण रहेको कार्यकर्ता र मतदाताहरूले बताउन थालेका छन् ।

    जिल्लाभन्दा बढी काठमाडौं बस्ने भएकाले कार्यकर्ताको पहुँच कम हुनु र कार्यकर्ताका समस्यामा काम नगर्नुले पनि उनी पराजय हुनुको एउटा कारण मानिएको छ । चुनावी अभियानका क्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ निकट पुराना नेता कार्यकर्तालाई पूर्ण रूपमा बेवास्ता गरी सानो घेरामा परिचालित भएको कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

    पहिलो पटक मकवानपुर १ मा उम्मेदवार बनेकाले आफ्नै कार्यकर्ताले उनलाई चिन्नसमेत नसकेको बताइन्छ । २०७० को संविधानसभा निर्वाचनमा मकवानपुर–१ जितेर बनाएको संगठनको बलमा बागमती र बकैया गाउँपालिकाबाट करिब चार हजार मतको अग्रताका साथ आउँदा पनि आनन्दराम पराजुली नगर सभापति भएको मकवानपुर–१ (ख) मा रहेका वडाहरूमा मतगणना हुँदा २३ सय ८२ मत ऋणात्मक हुनुले पनि उनी पराजयको एउटा कारण मानिएको छ ।

    डिनाकै घर भएको हेटौंडा उपमहानगरपालिका–२ मा कांग्रेसको भन्दा राप्रपा उम्मेदवार दीपक सिंहले बढी मत पाएका छन् । सो वडामा कांग्रेसले सात सय ८९ मत पाउँदा राप्रपा उम्मेदवार सिंहले १५ सय ५४ मत पाएका छन् ।

    स्थानीय तहको निर्वाचनमा सो वडामा कांग्रेसका वडाध्यक्षले १२ सय ५८ मत पाएका थिए । तर अहिले पाँच सय मत घटेको छ । डिना आफ्नै वडामा कमजोर सावित भएकी छन् ।

    त्यस्तै वडा नम्बर ५ मा कांग्रेसले सात सय ५७ मत पाउँदा राप्रपाका सिंहले २१ सय ९९ सय मत पाएका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षले यो वडामा १३ सय ९० मत पाएका थिए । आफ्नै पार्टीको मतसमेत उनले सुरक्षित गर्न सकिनन् ।

    मुख्य गरी यो दुईवटा वडाकै कारण डिना पराजित भएको कांग्रेस नेता कार्यकर्ताको भनाइ छ । अहिले उनी आफूलाई अन्तर्घात गरेर हराइएको भन्दै रुवावासी गरिरहेकी छन् ।

    कांग्रेस बागमती सभापति बानियाँले असहयोग गरेको उनको आरोप छ । तर मकपानपुर २ (ख) मा आफैं १७ सयको मतान्तरमा विजयी भएका बानियाँ आफूलाई बदनाम गराउन यस्तो आरोप लगाएको बताउँछन् ।

    makwanpur.jpg

    यो पनि पढ्नुहोस

    मकवानपुर १ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय हार्नुको कारण यस्तो रहेछ मकवानपुर १ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय हार्नुको कारण यस्तो रहेछ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ४ २०८०१०:४७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend