बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

मकवानपुर १ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय हार्नुको कारण यस्तो रहेछ

मकवानपुर १ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय हार्नुको कारण यस्तो रहेछ

  • मिडिया डबली
  • आइतवार, मंसिर १८ २०७९

  • 102.1K
    SHARES

  • मकवानपुर १ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय हार्नुको कारण यस्तो रहेछ

    काठमाडौं - यसपटकको निर्वाचनमा मकवानपुर १ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जित्नेमा धेरै विश्वस्त थिए । कांग्रेसले चुनाव जित्ने नेताको सूचीमा डिनालाई पनि राखेको थियो ।

    तर, मतगणना अन्तिममा पुग्दै गर्दा राप्रपाका दीपक सिंह विजयी भए । डिना दोस्रो स्थानमा सीमित भइन् । डिनाको अप्रत्यासित हारले कांग्रेस मकवानपुरमा सनसनी मच्चियो ।

    कांग्रेस केन्द्रमा पनि नेताहरू तनावमा परे । डिनाले कांग्रेसभित्रकै अन्तर्घातका कारण जितिसकेको चुनाव हारेको प्रतिक्रिया दिइन् । कतिसम्म भने उनले आफूलाई कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँले सहयोग नगरेको आरोप पनि लगाइन् ।

    जबकि उनले त्यस्तो आरोप लगाउँदै गर्दा बानियाँ आफू प्रदेश सभा सदस्यमा जित्ने कि नजित्ने भन्नेमा ढुक्क थिएनन् । अन्तिममा थोरै मतान्तरले उनले चुनाव जिते । तर, डिनाले आफूमाथि अन्तर्घातको आरोप लगाएपछि उनी मर्माहत भएका छन् ।

    कांग्रेस बागमतीको सभापति भएकाले पनि कांग्रेसले धेरै सिटमा जितेमा जस बानियाँले नै लिने हो । त्यही भएर उनी कांग्रेसका संघ र प्रदेशका उम्मेदवारलाई जिताउन रातदिन खटिएका हुन् । र, सफलता पनि पाएका हुन् ।

    बागमती प्रदेशमा कांग्रेसले संघमा १३ र प्रदेशमा २५ सिट जितेको छ । यसको श्रेय बानियाँलाई नै जान्छ । तर सहमहामन्त्री डिनाको आरोपले बानियाँलाई सकसमा पारेको छ ।

    डिना हार्नुको मुख्य कारण कांग्रेसभित्रको अन्तर्घातभन्दा पनि एमाले र राप्रपाबीचको सहकार्य भएको खुलेको छ । एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिएको थियो ।

    तर पार्टीमा उनलाई जिताउने सर्कुलर थिएन । त्यही भएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुई दुईपटक हेटौंडा पुगे । र, आफ्नो उम्मेदवार दीपक सिंहलाई जिताउन सकिने निष्कर्ष निकाले र एमाले अध्यक्ष केपी ओलीसँग सहयोग मागे ।

    दीपक सिंहलाई अन्तिमतिर आएको मत एमालेकै रहेको हेटौडाका एक एमाले नेताले बताए । स्थानीय तहको निर्वाचनमा पनि दीपक सिंहले मेयरमा २० हजारभन्दा बढी मत ल्याएका थिए ।

    अहिले एमालेको पाँच हजार मत उनलाई गएको बताइन्छ । कांग्रेसलाई कांग्रेसी मतदाताले भन्दा पनि माओवादीले असहयोग गरेको देखिएको छ । कांग्रेसका उम्मेदवार दुईजना हार्नु तर माओवादीकाले मात्र जित्नुले माओवादीले डिनालाई भोट नहालेको प्रस्ट छ ।

    कांग्रेसको जति मत हो त्यति उनले पाएको कांग्रेस मकवानपुरका एक सदस्यले बताए । अहिले कांग्रेस बागमतीका सभापति बानियाँलाई मुख्यमन्त्री बन्नबाट रोक्नकै लागि डिनाले अन्तर्घातको आरोप लगाएको कांग्रेसमा चर्चा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ४ २०८०१०:४७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend