बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेस जनसम्पर्क समिति ओसियाना–अमेरिका क्षेत्रबाट केन्द्रीय सदस्य पदमा अमृत वोस्तीको उम्मेदवारी

कांग्रेस जनसम्पर्क समिति ओसियाना–अमेरिका क्षेत्रबाट केन्द्रीय सदस्य पदमा अमृत वोस्तीको उम्मेदवारी

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०८३

  • 264
    SHARES

  • कांग्रेस जनसम्पर्क समिति ओसियाना–अमेरिका क्षेत्रबाट केन्द्रीय सदस्य पदमा अमृत वोस्तीको उम्मेदवारी

    काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति ओसियाना–अमेरिका क्षेत्रबाट केन्द्रीय सदस्य पदमा अमृत वोस्तीले उम्मेदवारी दिएका छन्।

    सानै उमेरदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएका वोस्ती विद्यार्थी जीवनमा समेत विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिमा संलग्न हुँदै आएका थिए। विद्यार्थी नेता हुँदै सामाजिक क्षेत्रमा आफ्नो सक्रियता बढाएका उनले समाजका विभिन्न वर्ग र समुदायका समस्या तथा आवश्यकतालाई नजिकबाट बुझ्दै सेवा र सहयोगका कार्यहरू गर्दै आएको बताइएको छ।

    विद्यार्थी नेतृत्व र सामाजिक सेवाको अनुभवलाई राजनीतिक तथा संगठनात्मक क्षेत्रमा जोड्दै वोस्तीले विदेशमा रहेका नेपाली विद्यार्थी, युवा तथा समुदायको आवाजलाई पार्टीको नेतृत्व तहसम्म पुर्‍याउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

    उनले युवा पुस्ताको सक्रिय सहभागिता, विद्यार्थी तथा युवाको प्रतिनिधित्व र विदेशस्थित नेपाली समुदायसँग पार्टीको सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्।

    वोस्तीको उम्मेदवारीले ओसियाना–अमेरिका क्षेत्रमा रहेका नेपाली विद्यार्थी तथा युवाको सहभागिता र प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०८३०९:१०:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend