काठमाडौं - इलाममा एमालेबाट निर्वाचित भएकी गाउँपालिका उपाध्यक्षले नेपाली कांग्रेसका नेतामाथि तथानाम गालीगलौज गर्दै शारीरिक धम्की दिएकी छन् ।
इलामको पाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईले कांग्रेसका स्थानीय नेता कृष्णकुमार खड्कामाथि सांघातिक आक्रमणको धम्की दिएकी हुन् ।
पाकफोकथुम गाउँपालिकाका प्रमुख रामकुमार श्रेष्ठको निवासमा पार्टीको आन्तरिक विषयमा छलफल चलिरहेका बेला राईले खड्कालाई तँ को होस्, तेरो दाँत झारिदिन्छु भन्दै धम्की दिएकी हुन् ।
जनप्रतिनिधिको कुर्सीमा बसेर प्रतिस्पर्धी दलका नेतामाथि गालीगलौज गर्दै दुव्र्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेस इलामले ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवंं भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् ।
‘अर्को दलका नेताहरूबीच छलफल भइरहँदा मेयरकै सामुन्ने ज्यान धम्की दिनु राम्रो होइन, कांग्रेसकै सरकार छ । यस्तो अवस्थामा पनि जथाभावी गालीगलौज र दुव्र्यवहार गर्नेलाई कानुनी कारबाहीमा ल्याउन सकिएन भने चुनावका बेला नराम्रो सन्देश जान्छ,’ खड्काले भने ।
उनले घटनाका दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन पनि सरकारसँग माग गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।