इलाम - नेपाली कांग्रेसका नेता कृष्णकुमार खड्कामाथि सांघातिक आक्रमणको धम्की दिने एमाले उपमेयर प्रहरी हिरासतमा पुगेकी छन् ।
इलामको फाकफोकथुम गाउँपालिकाकी उपप्रमुख उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पार्टीको आन्तरिक विषयमा छलफल चलिरहेका बेला राईले खड्कालाई तँ को होस्, तेरो दाँत झारिदिन्छु भन्दै धम्की दिएकी थिइन् ।
आफूमाथि हातपात गरेको र ज्यान धम्की दिएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए । आफूविरुद्ध उजुरी परेपछि राई प्रहरी कार्यालय गएकी थिइन् ।
त्यही बेला प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । जनप्रतिनिधिको कुर्सीमा बसेर प्रतिस्पर्धी दलका नेतामाथि गालीगलौज गर्दै दुव्र्यवहार गरेको भन्दै नेपाली कांग्रेस इलामले आपत्ति जनाएको थियो ।
कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवंं भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका थिए ।
मेयरकै अगाडि एमाले उपमेयर राईको कांग्रेस नेतालाई दाँत झार्ने धम्की, प्रहरी मौन
उनले घटनाका दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन पनि सरकारसँग माग गरेपछि प्रहरीले सक्रियता देखाएको हो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।