पाल्पा — भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाल्पाका स्थानीय तहले १ करोड ७१ लाख ३१७ रुपैयाँ सहयोग गर्ने भएका छन्।
रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली र निस्दी गाउँपालिका तथा रामपुर र तानसेन नगरपालिकाले राहत रकम उपलब्ध गराउने निर्णय गरेका हुन्।
रैनादेवी छहरा गाउँपालिकाले मात्रै ३५ लाख ४४ हजार ३४५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट प्राप्त हुने रकम तथा केही कार्यक्रमको बजेट कटौती गरेर जुटाइनेछ।
माथागढीले ३४ लाख ४६ हजार, रिब्दीकोटले ३१ लाख ५० हजार र पूर्वखोलाले २९ लाख ७५ हजार ९७२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। अन्य पालिकाले पनि विपद् उद्धार कोषमा रकम जम्मा गर्ने जनाएका छन्।
यसैबीच, रामपुर नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय पाल्पामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बाढीपीडितका लागि राहत संकलन तथा वितरणलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।