मंगलवार, भाद्र ३० २०८३Sep 15 2026

Logo
images images

भोटेकोशी बाढी : ४ हजार ८९ जना बेपत्ता, ९ हजार २८७ जनाको उद्धार

भोटेकोशी बाढी : ४ हजार ८९ जना बेपत्ता, ९ हजार २८७ जनाको उद्धार

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०८३

  • 153
    SHARES

  • भोटेकोशी बाढी : ४ हजार ८९ जना बेपत्ता, ९ हजार २८७ जनाको उद्धार

    काठमाडौँ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। नेपाल प्रहरीका अनुसार भदौ ३० गते बिहान ८ बजेसम्म बाढीका कारण ४ हजार ८९ जना बेपत्ता भएका छन्।

    बेपत्तामध्ये ३ हजार ४७९ जना नेपाली रहेका छन्। तीमध्ये २ हजार ९०७ पुरुष र ५७२ महिला छन्। यस्तै, ६१० जना विदेशी बेपत्ता भएका छन्, जसमा २७२ पुरुष, ३८ महिला र १० जना अन्य रहेका छन्।

    प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार २८७ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र ५० जनाको पहिचान खुल्न सकेको छैन।

    खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढीका कारण ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्।

    १ हजार ३९९ शव तथा अङ्ग फेला

    बाढीपछि हालसम्म १ हजार ३९९ वटा शव तथा आंशिक अङ्ग फेला परेका छन्। तीमध्ये ५४४ पुरुष र ३३६ महिला रहेका छन् भने ५१९ वटा आंशिक अङ्ग फेला परेका छन्।

    फेला परेका शवमध्ये १०३ वटा आफन्तलाई बुझाइएको छ। यस्तै, १ हजार २३० वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार ३५५ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

    ३ हजार १७५ डीएनए नमुना संकलन

    शव तथा अङ्गको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनलाई समेत तीव्रता दिएको छ। हालसम्म शवबाट १ हजार २८६ वटा र बेपत्ताका आफन्तबाट १ हजार ८८९ वटा गरी कुल ३ हजार १७५ डीएनए नमुना संकलन गरिएको छ।

    ३ हजार ८८० जना होल्डिङ सेन्टरमा

    उद्धार गरिएकामध्ये ३ हजार ८८० जनालाई हाल होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावित क्षेत्रमा प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको छ।

    प्रहरीका अनुसार हालसम्म २०१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ४७ हजार ९२६ जना सहभागी भएका छन्। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव व्यवस्थापन, उद्धार तथा राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:११:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend