काठमाडौं - एलपी ग्यास उपभोक्ताले जुनसुकै कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको सिलिन्डर साट्न पाउने उद्योगमन्त्री गौरी यादवको घोषणालाई ग्यास व्यवसायीले अस्वीकार गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले एक कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साट्न व्यावहारिक रूपमा सम्भव नरहेको बताएका छन्। उनका अनुसार नेपाल आयल निगममा भएको छलफलमा उद्योगीहरूले आफ्नो अडान स्पष्ट रूपमा राखेका छन्।
मन्त्री यादवले ग्यास उद्योगीसँग छलफल नगरी एकतर्फी रूपमा जुनसुकै ब्रान्डको सिलिन्डर साट्न दिने निर्देशन दिएको व्यवसायीहरूको दाबी छ।
नेपाल आयल निगमका प्रतिनिधि, मन्त्रालयका अधिकारी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको छलफलमा उद्योगीहरूले ब्रान्ड परिवर्तन गरी सिलिन्डर साट्दा आउन सक्ने जोखिम र व्यावहारिक जटिलताबारे धारणा राखेका थिए।
अध्यक्ष चन्दले यस्तो व्यवस्था कार्यान्वयन गर्न उद्योगीहरू असमर्थ रहेको स्पष्ट पारे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।