आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

उज्यालो नहुँदै ग्यास लिनेको भब्य लाइन !

उज्यालो नहुँदै ग्यास लिनेको भब्य लाइन !

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०८३

  • 255
    SHARES

  • उज्यालो नहुँदै ग्यास लिनेको भब्य लाइन !

    बागलुङ - प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् । मंगलबार मात्रै बागलुङ बजारमा एक हजार ७५ वटा ग्यास आएको छ ।

    उक्त ग्यास १६ वटा डिलरले वितरण गरेका छन् । ग्यास डिलरमा उपभोक्ताको भिड बढेपछि प्रहरीसमेत खटाइएको थियो । बजारका विभिन्न ठाउँमा ग्यास लिन उपभोक्ता लाइन लागेको देखिन्थ्यो ।

    मंगलबार बिहान ३ बजेदेखि नै उपभोक्ता लाइन लाग्न थालेका थिए । एक सिलिण्डर ग्यास पाउन तीन घण्टासम्म लाइन बस्नु परेको उपभोक्ताको गुनासो छ । बागलुङमा गृहलक्ष्मी, शक्ति, नेपाल, एवानलगायत ब्राण्डका ग्यास वितरण हुँदै आएको छ ।

    प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई साताअघि एक जनालाई पक्राउ गरेको थियो । बिक्रेतालेसमेत ग्यास मौज्दात राख्न छोडेका छन् । विक्रेताले उपभोक्ताको भिड बढेपछि अहिले ‘कार्ड सिस्टम’ लागू गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०८३१२:०४:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend