शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजार १३२ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजार १३२ जना सम्पर्कविहीन

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०८३

  • 213
    SHARES

  • भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजार १३२ जना सम्पर्कविहीन

    काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहानसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेका हुन्।

    सबैभन्दा धेरै चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७ र रसुवामा १७४ वटा शव फेला परेका छन्। हालसम्म १०२ शवको सनाखत गरी आफन्तको जिम्मा लगाइएको छ।

    बाढी तथा विपद्का कारण अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन्। रसुवाबाट मात्रै २ हजार ८६० र नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। करिब ५८७ विदेशी पर्यटकसमेत सम्पर्कविहीन छन्।

    यसैबीच, प्रभावित क्षेत्रबाट १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

    विभिन्न १० अस्पतालमा ३२९ घाइतेको उपचार गरिएकोमा २५२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र उपचार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:११:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend