काठमाडौँ - भोटेकोशीको बाढीमा परी अहिलेसम्म १३ सय ५३ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आइतबार राति ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै १३ सय ५३ जनाको शव फेला परेको जनाएको हो ।
जसमा ५३० पुरुष, ३२८ महिला र ४९५ आंशिक अंग फेला परेको हो । भेटिएका शवमध्ये एक हजार ४४ शवको जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ । ९८ शव भने आफन्तको जिम्मा लगाइएको छ । शव जमिन मुनि व्यवस्थापन गर्नुअघि मृतक र आफन्तको डीएनए संकलन गरिएको छ ।
जसमा ११ सय ८१ मृतक र ११ सय ९५ आफन्तको डीएनए संकलन भइसकेको प्रहरीले जनाएको छ । नौ हजार १५९ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ । प्रहरीले बेपत्ताको संख्या ३ हजार ९९२ रहेको जनाएको छ । जसमा विदेशी ५९८ जना हुन् ।
नेपाल प्रहरीतर्फ पनि २५ जना सम्पर्कविहीन छन् । यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने सम्पर्कविहीनको संख्या ४ हजार ९९६ रहेको उल्लेख गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।