बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बाढीपीडितका लागि कांग्रेसले एक करोड रुपैयाँ सरकारलाई बुझाउदै : कांग्रेस युबा नेता शिवाकोटी

बाढीपीडितका लागि कांग्रेसले एक करोड रुपैयाँ सरकारलाई बुझाउदै : कांग्रेस युबा नेता शिवाकोटी

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०८३

  • 2.1K
    SHARES

  • बाढीपीडितका लागि कांग्रेसले एक करोड रुपैयाँ सरकारलाई बुझाउदै : कांग्रेस युबा नेता शिवाकोटी

    काठमाडौँ - नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित पीडितका लागि एक करोड रुपैयाँ राहत सहयोग गर्ने भएको छ।

    कांग्रेसको विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकममध्ये एक करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका छन्।

    उनका अनुसार पार्टीको केन्द्रीय कार्यसमिति, कांग्रेसका सांसद, प्रदेश समिति, विदेशस्थित जनसम्पर्क समिति, शुभेच्छुक संस्था, नेता तथा कार्यकर्ताबाट संकलन भएको रकममध्येबाट एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण गर्न लागिएको हो। शिवाकोटीले बिहीबारसम्म एक करोड रुपैयाँको चेक सरकारलाई बुझाउने तयारी भइरहेको बताए।

    उनले विपद्का समयमा नेपाली कांग्रेसले सरकारलाई सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक पनि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०८३१२:३४:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend