बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नुवाकोटका बाढीपीडितको साथमा चितवन तरुण दल, लामुसोतीमा राहत वितरण

नुवाकोटका बाढीपीडितको साथमा चितवन तरुण दल, लामुसोतीमा राहत वितरण

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०८३

  • 1.3K
    SHARES

  • नुवाकोटका बाढीपीडितको साथमा चितवन तरुण दल, लामुसोतीमा राहत वितरण

    नुवाकोट - विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई सहयोग गर्ने उद्देश्यले नेपाल तरुण दल चितवनले राहत सामग्री वितरण गरेको छ। नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङको नेतृत्वमा पुगेको टोलीले बेलकोटगढी नगरपालिका–७, लामुसोती गाउँका बाढीपीडित तथा आवश्यकतामा रहेका परिवारलाई राहत उपलब्ध गराएको हो।

    नेपाल तरुण दल चितवनका सचिव स्वरूप गुरुङका अनुसार, राहत टोलीले प्रभावित परिवारका लागि दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री वितरण गरेको छ।

    टोलीले २७ थान फाइबर ब्ल्याङ्केट, २९ पोका मिश्रित खाद्यान्न सामग्री, २८ बोरा चामल, २६ थान म्याट, १५ थान झुल, ११ थान त्रिपाल तथा १० थान बाल्टी वितरण गरेको जनाएको छ। साथै स्यानिटरी प्याड, साबुन, फ्रुटी, दालमोट, चाउचाउलगायतका आवश्यक सामग्री पनि प्रभावित परिवारलाई प्रदान गरिएको छ।

    विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले खाद्यान्नसँगै लगाउने कपडा, ओढ्ने–ओछ्याउने सामग्री तथा महिलाका लागि आवश्यक स्यानिटरी सामग्री उपलब्ध गराइएको टोलीले जनाएको छ।

    अमृत गुरुङको नेतृत्वमा चितवनबाट नुवाकोट पुगेको राहत टोलीले सामग्री वितरणसँगै प्रभावित समुदायको अवस्था बुझ्दै उनीहरूसँग प्रत्यक्ष रूपमा जोडिने प्रयास गरेको जनाएको छ। विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिनु र आवश्यक सहयोग पुर्‍याउनु सबैको मानवीय दायित्व भएको टोलीको भनाइ छ।

    राहत वितरण टोलीमा युवा नेता अनिश पन्त, विवेक पाण्डे, सम्राट ठकुरी र अजय अधिकारीलगायतको उपस्थिति रहेको थियो।

    बेलकोटगढी–७, लामुसोतीका बाढी प्रभावित स्थानीयवासीले कठिन परिस्थितिमा चितवनबाट राहत सामग्री लिएर आफ्नो गाउँसम्म पुगेको नेपाल तरुण दलको टोलीप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले विपद्को समयमा प्राप्त सहयोगले प्रभावित परिवारलाई केही राहत मिलेको बताएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०८३०१:५०:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend