काठमान्डौ- नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय राजधानी पोखरा पुगेका छन् । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती कोमल सेठसहित पोखरा पुगेका हुन् ।
उनले बुधबार बिहान पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय भ्रमण गरे । त्यहाँ भारतीय भूतपूर्व सैनिकसँग आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले नेपाल-भारतमैत्री विद्यालयका विद्यार्थीलाई मिठाइ पनि वितरण गरे ।
उनी बिहान ९:३२ बजे नेपाली र भारतीय सेनाको १६ जनाको टोलीसहित पोखरा ओर्लिएका थिए । त्यहाँबाट सिधै पेन्सन क्याम्प पुगे । त्यहाँ करिब २५ मिनेटसम्म कार्यक्रम चल्यो । पोखरामा दुई घण्टा बिताएर ११:४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौं फर्किएका छन् ।
उनी आज बुधबार नै भारत फर्कने कार्यक्रम छ । गत साउन ३१ मा नेपाल आएका उनले राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्चस्तरीय भेटवार्ता पनि गरे ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।